सबैको लघुवित्तको आईपीओ बाँडफाँड, २ लाख ५२ हजार २१३ आवेदकले पाएनन् शेयर

0
Shares

सबैको लघुबित्त वित्तीय संस्थाले निष्कासन गरेको आईपीओ बाँडफाँड भएको छ । संस्थाले साउन एक गतेदेखि ५ लाख ३० हजार कित्ता आइपीओ निश्कासन गरेको थियो ।

बिक्री प्रबन्धक एनआइबिएलएस क्यापिटलका अनुसार कुल निश्कासित शेयरमध्ये ८ हजार २५० कित्ता लघुवित्तका कर्मचारीका लागि, २६ हजार ५०० कित्ता म्युचुअल फण्डहरुका लागि छुट्याएर बाँकी रहेको ४ लाख ९५ हजार २५० कित्ता सर्वसाधारणलाई वितरण गरिएको हो । जसमा ४९ हजार ५२५ जनाले १० कित्ताको दरले सेयर पाएका छन् ।

क्यापिटलका अनुसार सर्वसाधारणको लागि बिक्री खुल्ला गरिएको शेयरका लागि ५६ करोड ८९ लाख ८३ हजार रुपैयाँ बराबरको ५६ लाख ८९ हजार ८३० कित्ता शेयर माग भएको हो।

कुल ३ लाख २ हजार १९२ वटा आवेदन परेकोमा ४५४ आवेदक रद्ध भएका थिए । कुल सदर तीन लाख एक हजार ७३८ जना आवेदकमध्ये २ लाख ५२ हजार २१३ लाई शेयर परेन ।