चार जलविद्युत् कम्पनीलाई सवा एक अर्बको आईपीओ निष्कासनको अनुमति

0
Shares

बिद्युत नियमन आयोगले चार जलबिद्युत कम्पनीलाई प्राथमिक शेयर (आइपीओ) निष्काशनको अनुमति दिएको छ । चार कम्पनीले कुल १ अर्ब २२ करोड ३२ लाख रुपैयाँ बराबरको आईपीओ निष्कासन गर्ने अनुमति पाएका हुन् ।

आयोगका प्रवक्ता राम प्रसाद धितालका अनुसार साउन ९ गतेको आयोगको बैठकले लिबर्टी इनर्जी कम्पनी लिमिटेड, ग्रिनलाइफ हाइड्रोपावर लिमिटेड, युनाइटेड इदिमर्दी एन्ड आरबी हाइड्रोपावर लिमिटेड र माउन्टेन इनर्जी नेपाल लिमिटेडलाई आईपीओ निष्काशनको अनुमति दिने निर्णय गरेको हो।

आयोगका अनुसार ग्रिनलाइफले ३४ करोड ९६ लाख ४० हजार रुपैयाँबराबरको ३४ लाख ९६ हजार ४०० कित्ता, लिबर्टीले ३७ करोड ५० लाख रुपैयाँ बराबरको ३७ लाख ५० हजार कित्ता र युनाइटेको १० करोड ५० लाख रुपैयाँको १० लाख ५० हजार कित्ता र माउन्टेनले ३९ करोड ३६ लाख ५ हजार रुपैयाँबराबरको ३९ लाख ३६ हजार ५ सय कित्ता आईपीओ निष्काशन गर्नेछन।

आयोगबाट अनुमति पाएका यी कम्पनीहरुले धितोपत्र बोर्डको स्वीकृति दिएपछि मात्र आईपीओ निष्कासन गर्न पाउनेछन् ।  विद्युत नियमन आयोग संचालनमा आएयता आयोगको स्वीकृति लिएरआईपीओ निष्काशनका लागि धितोपत्र बोर्डमा आवेदन दिनुपर्ने व्यवस्था रहेको छ ।