तेह्रथुम पावर कम्पनीले आईपीओ पारित गर्न बोलायो साधारण सभा, १२ लाख कित्ता आउने

0
Shares

तेह्रथुम पावर कम्पनीले १२ करोड रुपैयाँ बराबरको १२ लाख कित्ता आईपीओ निष्काशन गर्ने भएको छ ।

कम्पनीले सार्वजनिक शेयर निष्काशन गर्ने प्रस्ताव पारित गर्न यहि साउन ३२ गते शनिबार होटल हार्दिक बागबजार काठमाडौंमा दोस्रो साधारण सभा डाकेको छ ।

कम्पनीले चार करोड रुपैयाँ बराबरको ४ लाख कित्ता शेयर स्थानीय आयोजना प्रभावितलाई र आठ करोड रुपैयाँ बराबरको ८ लाख कित्ता शेयर सर्वसाधारणलाई निष्काशन गर्ने प्रस्ताव साधारण सभाबाट पारित गराउनेछ ।

हाल उक्त कम्पनीको अधिकृत पूँजी ४० करोड, जारी पूँजी ४० करोड र चुक्ता पुँजी २८ करोड रुपैयाँ छ। स्थानीय बासिन्दा तथा सर्वसाधारणमा शेयर निष्काशन गरी बाँडफाँड गरे पश्चात कम्पनीको चुक्ता पूँजी ४० करोड पुग्ने कम्पनीले जनाएको छ।

कम्पनीले जारी पूँजीमध्ये १० प्रतिशत आयोजना प्रभावित क्षेत्र तेह्रथुम जिल्लाका स्थानीय बासिन्दालाई र २० प्रतिशत शेयर सर्वसाधारणमा जारी गर्नेछ । जसका लागि कम्पनीले एनआईबिएल एस क्यापिटललाई धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरिसकेको छ ।

तेह्रथुम पावर कम्पनीले ७.५ मेगावाट क्षमताको माथिल्लो खोरूंगा खोला जलविद्युत आयोजनाको निर्माण कार्य गरिरहेको छ। आयोजनामा माछापुच्छ«े बैंकको अगुवाईमा नेपाल बंगलादेश बैंक र जनता बैंकको लगानी रहेको छ ।