एनएमबीले बैंकले शेयर ब्रोकरको काम गर्ने, ओमलाई गाभ्न विशेष साधारण सभा

0
Shares

एनएमबी बैंकले ओम डेभलपमेण्ट बैंकलाई गाभ्ने प्रस्ताव पारित गर्न यहि साउन २८ गते विशेष साधारण सभा बोलाएको छ । साथै बैंकले शेयर ब्रोकरको का मगर्न आवश्यक प्रक्रिया पुरा गर्ने भएको छ ।

बैंकको विशेष साधारण सभा साउन २८ गते जावलाखेल ललितपुरमा बोलाएको छ । एनएमबी बैंकले ओमसँगको शेयर स्वाप अनुपात खुलाएको छैन् । मर्जर सम्झौताका क्रममा डिडिए गरेर आउने नतिजा अनुसार स्वाप निर्धारण गर्ने बताईएको थियो ।

एनएमबी बैंकको चुक्ता पूँजी ९ अर्ब ६१ करोड रुपैयाँ छ भने ओमको २ अर्ब ५१ करोड ५२ लाख ३५ हजार रुपैयाँ छ । ओमसँगको मर्जर पछि एनएमबीमा रहेको नेदरल्याण्ड्सको एफएमओको २० प्रतिशत स्वापमित्व घट्नेछ ।

प्राइम कमर्सियल बैंकसँगको मर्जर प्रकृया तोडिए पछि एनएमबीमा जाने निष्कर्षमा ओम डेभलपमेण्ट बैंक पुगेको थियो ।

साथै बैंकले शेयर ब्रोकरको काम गर्न आवश्यक प्रक्रिया पुरा गर्ने भएको छ ।