थामिएन शेयर बजारको गिरावट, उच्च नाफा कमाउने कम्पनीमा पनि देखिएन आकर्षण

0
Shares

पूँजीगत लाभरको विवाद नमिल्दा शिथिल भएको शेयर बजार मौद्रिक नीति सार्वजनिक भए यता निरन्तर घटेको छ ।

गत विहीबार दोहोरो अंकले ओरालो लागेको शेयर बजार परिसूचक नेप्से आइतबार १७ अंक बढीले झरेको छ ।

बैंक तथा वित्तीय संस्थाले उल्लेखीय प्रगतिका विवरण सार्वजनिक गरिरहदा शेयर बजारमा भने निरन्तर गिरावट आएको छ । उच्च नाफा कमाएका कम्पनीहरुको समेत शेयर मूल्यमा गिरावट देखिएको छ । साउन महिनालाई शेयरको सिजनका रुपमा लिइने भएपनि यसपालि भने बजार मौद्रिक नीति र लाभकरका बिषयले लगानीकर्ता निराश देखिएका छन् ।

बिहीबार कारोबारमा आएका २२ वटा कम्पनीको मात्र शेयर मूल्य बढ्दा अधिकांश कम्पनीका शेयर मूल्य घटेको छ । यस दिन नेप्सेमा १७.११ अंकको गिरावट आएर सूचक १२५२.८० विन्दुमा झरेको छ भने कारोबार रकम पनि घटेर ४९ करोडमा सिमित भएको छ ।

नेप्सेमा १२ वटा समूहको सूचक कारोबार भएकामा म्युचुअल फन्डबाहेक बाँकी सबै समूहका सूचक तल झरेका छन् । सबैभन्दा धेरै जीवन बिमा समूहको सूचक १०६.८९ अंकले घटेको छ । वाणिज्य बैंक समूहको सूचक पनि १५.९२ अंकले तल झरेको छ । कारोबार रकममा कृषि विकास बैंक अग्रस्थानमा छ । कृषिको ४ करोड रुपैयाँभन्दा बढीको कारोबार भयो ।

यसदिन सबैभन्दा धेरै सिर्जना फाइनान्सको मूल्य ९.७२५ प्रतिशतले बढेको छ । सबैभन्दा धेरै गुमाउनेमा युनियन हाइड्रोपावरको शेयर मूल्य ८.२३ प्रतिशतले घटेको छ ।