एसबिआई बैंकको नाफा १३.८४ प्रतिशतले बढ्यो, एक अर्ब ५९ करोड लाभांश क्षमता

0
Shares

नेपाल एसबिआई बैंकको खुद नाफा १३.८४ प्रतिशतले बढेको छ।

बैकले गत आर्थिक वर्षमा २ अर्ब ३० करोड खुद नाफा कमाएको छ । अघिल्लो वर्ष यस्तो नाफा २ अर्ब २ करोड थियो ।

बैंकको नाफा बढेसँगै बैंकको लाभांश क्षमता समेत बढेको छ। बैंकले आर्थिक वर्षको कमाईबाट १८ प्रतिशतसम्म लाभांश दिनसक्छ । उसको वितरण योग्य मुनाफा एक अर्ब ५९ करोड छ ।

बैंकले यसअवधिमा निक्षेप १६ प्रतिशत तथा कर्जा साढे १६ प्रतिशतले बढाएको छ । बैंकले ९७ अर्ब ८८ करोड निक्षेप उठाएर ८४ अर्ब ३० करोड कर्जा परिचालन गरेको छ । जसबाट बैंकले ४ अर्ब ७४ करोड खुद ब्याज आम्दानी गरेको छ ।

आठ अर्ब चुक्तापूँजी रहेको बैंकको विभिन्न जगेडाकोषमा गरेर ५ अर्ब ६० करोड बढी रकम रहेको छ । कमाई बढ्दा बैंकको प्रतिशेयर आम्दानी २५ रुपैयाँ १५ पैसाबाट बढेर २७ रुपैयाँ २६ पैसा पुगेको छ ।

बैंकको खराब कर्जा अन्यन्तै न्यून ०.२ प्रतिशत मात्र छ । बैंकको प्रतिशेयर नेटवर्थ १६७ रुपैयाँ ६९ पैसा, मूल्य आम्दानी अनुपात १७.२० गुणा र कर्जा निक्षेप अनुपात घटेर ७४.३८प्रतिशतमा झरेको छ।