हाथवे फाइनान्सको विशेष साधारण सभाबाट ग्लोबल आईएमई बैंकमा विलिय हुने प्रस्ताव पारित

0
Shares

हाथवे फाइनान्स कम्पनी लिमिटेड ग्लोबल आईएमई बैंकमा विलिन हुने भएको छ ।कम्पनीको मंगलबार सम्पन्न विशेष साधारण सभाले ग्लोबल आईएमई बैंकसँग प्राप्तिमा जान अन्तिम स्वीकृति प्रदान गरेको हो ।

साधारण सभाले डिडिएबाट प्राप्त प्रतिवेदनको आधारमा कम्पनकिो १०० कित्ता शेयर बराबर ग्लोबल आइएमई बैंकको ४२ कित्ता शेयर स्वाप अनुपातलार्ई स्वीकृत गरेको छ ।

यसैगरि मर्जर तथा प्राप्ती गर्ने सन्दर्भमा नियमनकारी निकायहरुबाट कुनै संसोधन वा अन्य निर्देशन दिएमा सो सम्बन्धि सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी समेत प्रदान गरेको छ ।

ग्लोबल आईएमई बैंकले जनता बैंकसँग १००:८५ को शेयर स्वाप अनुपातमा मर्जर सम्झौता गरेको छ।