जनउत्थान लघुवित्तको शतप्रतिशत हकप्रद शेयरको बिक्री बन्द हुँदै

0
Shares

जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्थाले जारी गरेको शतप्रतिशत हकप्रद शेयरमा आवेदन दिने बुधबार (साउन १५ गते) अन्तिम दिन हो ।
जनउत्थानले गत असार १२ गतेदेखि एक बराबर एक अनुपातमा २ करोड ८८ लाख रुपैयाँ बराबरको २ लाख ८८ हजार कित्ता हकप्रद बिक्रीमा ल्याएको थियो ।

उक्त हकप्रदमा गत असार १ गतेसम्म कायम शेयरधनीले आवेदन सक्नेछन् । हकप्रद निष्काशनका लागि कम्पनीले असार २ गते शेयर दाखिला खारेजी (बुकक्लोज) गरेको थियो ।

लगानीकर्ताले बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटल नारायणचौर नक्साल काठमाडौं तथा जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्था रुपन्देही तथा यसका सम्पूर्ण शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् । सी–आस्वामा सहभागी सबै बैंक तथा वित्तिय संस्थाबाट पनि हकप्रद भर्न पाइनेछ ।

हाल लघुवित्तको चुक्ता पूँजी २ करोड ८८ लाख रुपैयाँ छ। कम्पनीले अघिल्लो आर्थिक बर्षको नाफाबाट २० प्रतिशत अर्थात हकप्रदपछि दश प्रतिशत बोनस दिने निर्णय पारित गरिसकेको छ ।

हकप्रद र बोनसपछि लघुवित्तको चुक्ता पूँजी ६ करोड ३३ लाख ६० हजार रुपैयाँ पुग्नेछ। हकप्रदपछि संस्थापक र सर्वसाधारणको शेयर संरचना ५५ः४५ अनुपात कायम हुनेछ ।