हाथवे फाइनान्सको कमजोर प्रगति, ग्लोबल आइएमई बैंकमा विलय हुँदै

0
Shares

ग्लोबल आइएमई बैंकमा बिलय हुन लागेको हाथवे फाइनान्सले गत आर्थिक वर्षमा कमजोर अवस्थाको वित्तीय विवरण सार्वजनिक गरेको छ । कम्पनीका अधिकांश वित्तीय सूचकहरुमा गिरावट देखिएको छ ।

अघिल्लो आर्थिक वर्षको तुलनामा फाइनान्सको खुदा नाफा ५६.१६ प्रतिशतले घटेको छ । अघिल्लो आर्थिक वर्ष ५ करोड ६६ लाख खुद नाफा गरेको फाइनान्सको गत आर्थिक वर्षमा २ करोड ४८ लाख खुद नाफा कामाएको छ ।

संस्थाको व्यवसाय विस्तार कमजोर देखिदा अधिकांस सूचकमा सुधार आउन सकेन ।संचालन नाफा सामान्य बढेपनि ब्याज आम्दानीमा गिरावट आएको छ । प्रोभिजन रकम बढेको छ ।

चुक्ता पूँजी ३० करोड रहेको फाइनान्सको जगेडाकोषमा ७ करोड ६४ लाख रुपैयाँ छ। चुक्ता पूँजी स्थिर रहेको फाइनान्सले जगेडाकोष ३.४८ प्रतिशतले घटाएको छ ।

संस्थाको प्रतिशेयर आम्दानी ८.२८ रुपैयाँ रहेको छ । संस्थाको मूल्य आम्दानी अनुपात १३.७६ गुणा तथा प्रतिसेयर नेटवर्थ ७४.५२ पैसा छ ।

फाइनान्सलाई ग्लोबल आईएमई बैंकले गत फागुन ३० गते प्राप्ति गर्ने सम्झौता गरेको थियो । यहि साउन १४ गते सम्पन्न दुवै संस्थाको विशेष साधारणसभाले प्राप्ति प्रस्ताव पारित गरिसकेका छन् ।