कालिका लघुवित्तको नाफा २० प्रतिशतले घट्यो, प्रतिशेयर आम्दानी ६ रुपैयाँ ७४ पैसा

0
Shares

कालिका लघुवित्त वित्तीय संस्थाले अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्षमा खुद नाफा २०.१६ प्रतिशतले घटेको विवरण सार्वजनिक गरेको छ ।
लघुवित्तले गत आर्थिक वर्षको चौथो त्रैमाससम्म २ करोड ७ लाख ५२ हजार रुपैयाँमा कमाएको छ । अघिल्लो वर्षको यसै अवधिमा कालिकाले २ करोड ५९ लाख ९३ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।

कम्पनीको संचालनमा नाफा ६५ प्रतिशतले घटेपनि खुद नाफा प्रभावित भएको हो । कम्पनीको खुद ब्याज आम्दानी भने ४३ प्रतिशतले बढेको छ ।

चुक्ता पुँजी १० करोड ८० हजार रुपैयाँ रहेको लघुवित्तको रिजर्भ कोषमा ६ करोड ७७ लाख छ । कालिकाको प्रतिशेयर आम्दानी ६ रुपैयाँ ७४ पैसाले घटेर १९ रुपैयाँ २५ पैसा कायम भएको छ । प्रतिसशयर नेटवर्थ १६२ रुपैयाँ ६९ पैसा छ ।

कालिका लघुवित्त जनसेवी लघुवित्तसँग मर्जर प्रक्रियामा छ ।