हिमालयन जनरल इन्स्योरेन्सले पनि लाभांश नदिने, साधारणसभा आह्वान

0
Shares

हिमालयन जनरल इन्स्योरेन्सले पनि लाभांश प्रस्ताव नगरी साधारणसभा आह्वान गरेको छ । कम्पनीले असोज ६ गते सोमबार २५ औं साधारणसभा गर्ने भएको छ ।

कम्पनीले साधारणसभा प्रयोजनको लागि भदौ १७ गतेदेखि असोज ६ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ । भदौ १६ गतेसम्म कायम शेयरधनीले साधारणसभामा भाग लिन सक्ने छन्।

कम्पनीले एनएफआरएस बमोजिम वित्तीय विवरण तयार पार्दा जगेडा तथा अन्य ब्यबस्थाहरु कायम गर्नु पर्ने भएकोले आर्थिक बर्ष ७४/७५ को मुनाफाबाट कुनै लाभांश वितरण नगर्ने स्पष्ट पारेको छ ।

यस अघि लुम्बिनी जनरल, शिखर इन्स्योरेन्स, प्रभु इन्स्यारेन्स, एनएलजी इन्स्योरेन्स र प्रुडेन्सियल इन्स्योरेन्सले पनि एनएफआरएस प्रणालीका कारण जगेडा कोष तथा अन्य व्यवस्था कायम गर्नुपर्ने भन्दै लाभांश प्रस्ताव नगर्ने निर्णय गरेका थिए।