शेयर बजारमा ल्याप्चे युगको अन्त्य गर्न लाभकर गणना विधि र प्रक्रियामा सहमति

0
Shares

शेयर बजारमा केहि साता पूँजीगत लाभकर गणना विधि र प्रक्रियामा देखीएको विवाद साम्य हुने भएको छ । भारित औसतका आधारमा लगाइने लाभकर गणनाको ‘कट अफ डेट’ मा सहमति जुटेपछि विवाद साम्य हुने भएको हो ।

साथै शेयर बिक्री गरेपछि लगानीकर्ता ब्रोकर अफिसमा पुगेर ल्याप्चे लगाउने परिपाटीको अन्त्य गर्न सिसिडएसीको प्रणालीबाटै लाभकर गणना गरिने सहमति समेत भएको छ ।

अर्थमन्त्रालयमा बुधबार भएको सरोकारवाल सहित लगानीकर्ताको बैठकले यस अघि धितोपत्र बोर्डले प्रस्ताव गरेको गणना विधिलाई नै अनुमोदन गरेको हो ।
छलफलमा आन्तरिक राजश्व विभाग, नेपाल धितोपत्र बोर्ड, नेपाल स्टक एक्सचेञ्ज लिमिटेड, सिडिएससी, स्टक ब्रोकर एशोसिएसन र ५ वटै लगानीकर्ता संघका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

धितोपत्र बोर्डमा गत साता भएको छलफलमा २०५८ देखि ०७६ असार ३१ गतेसम्म कारोबार भएका कम्पनीहरुको मूल्यको औसतलाई आधार बनाएर बेस प्राइस निर्धारण गर्ने र सोहिलाई आधार बनाएर भारित औसत गणना गर्ने सहमति भएको थियो ।

अब यो सम्पूर्ण काम सिडीएसले गर्ने भएको छ भने लगानीकर्ताले ब्रोकर कार्यालय गएर ल्याप्चे लगाउनु पर्ने बाध्यता समेत अन्त्य भएको छ ।

राजश्व सचिव लाल शंकर घिमिरेले अर्थमन्त्रालयमा बुधबार बोलाएको छलफलमा आन्तरिक राजस्व विभाग, धितोपत्र बोर्ड, नेप्से, सीडीएस, स्टक ब्रोकर एशोसिएसन तथा लगानीकर्ता संगठनका प्रतिनिधि सहभागि थिए ।