किसान माइक्रोफाइनान्सको खुद नाफा ८१.४७ प्रतिशतले बढ्यो

0
Shares

किसान माइक्रोफाइनान्स वित्तीय संस्थाको आर्थिक वर्ष २०७५/७६ मा खुद नाफा ८१.४७ प्रतिशतले बढेको छ । यस अवधिमा संस्थाले २ करोड २१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा संस्थाले १ करोड २१ लाख रुपैयाँ खुद नाफा गरेको थियो ।

व्यवसाय विस्तारमा ध्यान दिएको संस्थाका अधिकांस सूचकहरु सकारात्मक रहेका छन् । जसको संचालन नाफा अघिल्लो आर्थिक बर्ष १ करोड ३३ लाख रहेकोमा गत आर्थिक वर्षमा २ करोड ७१ रुपैयाँ पुगेको छ ।

संस्थाले ९७ करोड ३३ लाख रुपैयाँ सापटी लिई १ अर्ब ३२ करोड रुपैयाँ ऋण प्रवाह गरेको छ । किसानले असारसम्म ३७ करोड २३ लाख ९२ हजार रुपैयाँ निक्षेप संकलन गरेको छ । जसबाट खुद ब्याज आम्दानी ८ करोड ३५ लाख रुपैयाँ आर्जन गरेको छ । संस्थाको चुक्ता पुँजी ८ करोड ६० लाख रुपैयाँ छ । जगेडा कोषमा ३ करोड ६० लाख रुपैयाँ राखेको छ ।

कम्पनीको खराब कर्जामा पनि सुधार भएर ०.७७ प्रतिशत कायाम भएको छ । कम्पनीको प्रतिसेयर आम्दानी २५ रुपैयाँ ७० पैसा र प्रतिसेयर नेटवर्थ १४१ रुपैयाँ ८८ पैसा रहेको छ ।

किसान माइक्रोफाइनान्स, मिर्मिरे लघुवित्त र नागबेली लघुवित्त एक आपसमा गाभिने क्रममा रहेका छन् ।