बेलायतको आर्थिक वृद्धिमा थप कमी आउने प्रक्षेपण

बेलायतको आर्थिक वृद्धिमा थप कमी आउने प्रक्षेपण

बेलायतको यूरोपेली यूनियन (इयू)  बाट हुने भनिएको बहिर्गमन (ब्रेक्जिट) बारे अन्योल छाइरहेका समय बैंक अफ इङ्ल्याण्डद्वारा सन् २०१९ र २०२० का लागि यस पहिले गरेको प्रक्षेपणभन्दा पनि आर्थिक वृद्धि न्यून रहने जनाएको छ ।

बेलायतको केन्द्रीय बैंकले सम्झौताहिन ब्रेक्जिट भएमा बेलायती मूद्रा पाउण्ड स्टर्लिङको अवमूल्यन हुनुका साथै मुलुकको आर्थिक वृद्धिमा पनि प्रभाव पर्ने जनाएको हो ।

बैङ्कको मौद्रिक नीति समितिका सदस्यहरूको वैठकले शुन्य दशमलब ७५ प्रतिशत कायम गरेको छ ।

मुद्रास्फीतिको रिपोर्टका साथमा समितिले सन् २०१९ र सन् २०२० मा बेलायती अर्थतन्त्रको वृद्धि १.३ प्रतिशतले हुने बताएको छ । यसअघि बेलायतको केन्द्रीय बैङ्कले क्रमश : १.५ र १.६ प्रतिशत रहने प्रक्षेपण गरेका थिए ।

तर यी कल्पनाले इयूबाट हुने सङ्कटपूर्ण बहिर्गमनबाट बेलायतको अर्थतन्त्रमा ‘सुधार’ का लागि सचेत गराएका छन् ।

बेलायतको प्रधानमन्त्रीमा ब्रेक्जिटका कट्टर पक्षधर बोरिस जोनसन निर्वाचित भएपछि तोकिएकै समयमा अर्थात् आगामी अक्टोबर ३१ मा सम्पन्न गर्ने बताएका थिए । उनले सम्झौताबिहिन अवस्थामा नै इयूबाट बहिर्गमन हुनुपरेमा पनि उक्त मुद्दालाई नलम्बाउने घोषणा गरेका छन् ।

यसले बहुराष्ट्रिय कम्पनीका लगानीकर्ताहरू, जसले बेलायतबाट यूरोपमा व्यापार गरेका छन् र यूरोपबाट बेलायतमा व्यवसाय सञ्चालन गरिरहेका छन्, लाई चिन्तित तुल्याएको छ ।

“सम्झौताहिन ब्रेक्जिट भएमा स्टर्लिङको मूल्य सम्भवत घट्नेछ भने उपभोक्ता मूद्रास्फीति बढ्नेछ र कुल ग्राहस्थ उत्पादन वृद्धिमा न्यूनता छाउनेछ,” बैङ्कको मौद्रिक नीति समितिको पछिल्लो बैठकको निष्कर्ष रहेको छ ।

प्रकाशित मिति: १६ साउन २०७६, बिहीबार २१ : ०१ बजे