नयाँ नेपाल लघुवित्तको खुद नाफामा उल्लेखीय बढोत्तरी

0
Shares

नयाँ नेपाल लघुवित्तले गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा १३ करोड ३५ लाख खुद नाफा गरेको छ । जुन अघिल्लो आर्थिक वर्षको भन्दा १५६७ प्रतिशत धेरै हो ।

अघिल्लो वर्षको यसै अवधिमा लघुवित्तले आठ लाख एक हजार मात्र खुद नाफा गरेको थियो ।

व्यवसायको आकार फैलदै गएपछि कम्पनीको नाफा बढेको हो । २५० प्रतिशतले चुक्ता पूँजी बढाएको कम्पनीको हाल ८ करोड ४० लाख चुक्ता पूँजी छ । रिजर्भ कोषमा ३ करोड ५३ लाख जम्मा पारेको छ ।

नयाँ नेपालले १४ करोड १७ लाख निक्षेप संकलन गरी ७७ करोड २४ लाख रुपैयाँ कर्जा प्रवाह गरेकोे देखिन्छ । जसले बैंकहरुबाट ५५ करोड ६६ लाख सापट लिएको छ । कम्पनीको निक्षेप, सापट र कर्जामा उल्लेखीय बढोत्तरी छ ।

कम्पनीको खराब कर्जा १.१२ प्रतिशत, प्रतिशेयर आम्दानी १५ रुपैयाँ ९० पैसा तथा प्रतिशेयर नेटवर्थ १४२ रुपैयाँ १० पैसा छ ।