अनलाइन प्रयोगकर्ताको संख्या १३ हजार नाघ्यो, १७ ब्रोकरको सय पनि कटेन

0
Shares

नेपाल स्टक एक्सचेञ्जका अनुसार पूर्ण स्वस्चालित अनलाईन कारोबार प्रणालीमा आवद्ध हुने लगानीकर्ताको संख्या १३ हजार नाघेको छ ।

नेप्सेका अनुसार साउन १७ गतेसम्ममा कूल ५० वटा ब्रोकर कम्पनीहरुबाट १३ हजार १२२ जना लगानीकर्ताले अनलाइन कारोबारका लागि युजर लिएका छन्।

साउन १७ गतेसम्म भिजन सेक्युरिटिज (ब्रोकर नम्बर ३४) मा अनलाईन कारोबार प्रणालीको युजर लिने लगानीकर्ताको संख्या सबैभन्दा धेरै १ हजार ३६० जना रहेका छन् भने आर्यतारा इन्भेष्टमेन्ट एण्ड सेक्युरिटिज पनि अनलाइन युजर वितरण गर्ने दोस्रो स्थानमा छ।

यसैगरी अरूण सेक्युरिटीज (ब्रोकर नम्बर ३) मा अनलाईन युजर लिने लगानीकर्ताको संख्या सबैभन्दा कम छ। अरूण सेक्युरिटीजमा युजर लिने लगानीकर्ताको संख्या ३४ मात्रै छ।

९ महिना बितिसक्दा पनि १७ वटा ब्रोकरमा एक सय भन्दा कम लगानीकर्ताले अनलाईन युजर आईडी लिएका छन्। ३३ वटा ब्रोकरहरूले १०० भन्दा धरै अनलाइन खाता खोलेका छन् । ब्रोकरहरूबाट अनलाईन कारोबार प्रणालीको युजर लिने लगानीकर्ताको औसत संख्या २६२ जना रहेको छ ।

२०७४ कार्तिक २० गतेदेखि नेप्सेको पूर्ण स्वस्चालित अनलाईन कारोबार प्रणाली औपचारिक सञ्चालनमा ल्याईएको थियो।