सस्तो मूल्यमा शेयर उठाउनेहरुको चापले कारोबारले साथ दिदाँ पनि बढेन बजार

0
Shares

नेपाल स्टक एक्सचेञ्जमा शेयरको भाउ घटाएर सस्तो मूल्यमा शेयर उठाउन खोज्ने लगानीकर्ता सक्रिय रहँदा नेप्से सूचकमा दबाव परेपनि कारोबारले भने साथ दिएको छ ।

सूचीकृत कम्पनीहरुले उल्लेखीय रुपमा नाफा बढाएको गत आर्थिक वर्षको वित्तीय विवरण सार्वनिक गर्दै गर्दा लगानीकर्तालेहरुले आगामी लाभांशको आँकलन शेयर खरिदको क्रम बढाएका छन् ।

तर अधिकास लगानीकर्ताहरु मूल्य घटाएर शेयर किन्न अग्रसर हुँदा अधिकांस कम्पनीको शेयर मूल्यमा गिरावट आएको छ । फल स्वरुप नेप्से सूचक ओरालो लागेको छ भने कारोबारले साथ दिएको छ । तर विहबारको तुलनामा कारोबार रकम भने कम हो ।

कुल कम्पनहरुको शेयर किनबेच भएको बजारमा ९९ वटा कम्पनीको शेयर मूल्य ओरालो झरेको छ भने ४४ वटा कम्पनीको शेयर मूल्य मात्रै बढेको छ। ६ कम्पनीको शेयर मूल्य बढ्ने क्रममा सर्किट लागेको छ। स्वरोजगार र स्पर्शको कारोबार सुरु भएदखि नै १० प्रतिशतले मूल्य बढेको छ। हिमालयन पावर पार्टनरको बजार मूल्य सबैभन्दा धेरै ५.५ प्रतिशतले घटेको छ।

आइतबारको शेयर बजारमा नेप्से सूचक ४.२० अंकले घटेर १२५९.६४ अंकमा झरको छ । ४७ करोड ४१ लाख रुपैयाँको कारोबार भएको बजारमा नेपाल बैंक लिमिटेडको ५ करोड १२ लाख रुपैयाको कारोबार भयो । दोस्रोमा कृषि विकास बैंकको २ करोड ९५ लाख रुपैयाँको कारोबार भएको छ।

आइतबारको बजामरा सबैभन्दा बढी निर्जीवन बिमा कम्पनीहरुमा २४.५६ अंकको गिरावट आएको छ । यस्तै, जीवन बिमा समूह पनि २३.०७ अंकले घटेको छ । माइक्रोफाइनान्स र फाइनान्सको सूचक बाहेक सम्पूर्ण सूचक तथा उपसूचक ओरालो झरेका छन्।