नेपाल पूर्वधार सम्मेलनमा देश विदेशका ५ सय बढी लगानीकर्ता सहभागि हुने

0
Shares

नेपाल उद्योग परिसंघले आगामी भदौ २५ र २६ गते काठमाण्डौमा आयोजना गर्न लागेको तेस्रो नेपाल पूर्वधार सम्मेलन २०१९ को तयारी द्रुत गतिमा अघि बढेको छ ।

परिसंघले नेपाल सरकार, लगानी बोर्ड, नेपाली युवा निर्माण व्यवसायी समुदाय समेतको सहकार्यमा “दिगो विकासका लागि मजबूत पूर्वाधार” को मूल भाव सहित आयोजना गर्न लागेको हो ।

यो सम्मेलन सरकारले गत वर्ष सम्पन्न गरेको लगानी सम्मेलन २०१९ को फलोअप सम्मेलनका रुपमा रहने छ । लगानी सम्मेलनका क्रममा भएका कानूनी सुधारको गतिलाई अघि बढाउन सरकार सहित सबै सरोकारवालाहरुको थप ध्यानाकर्षण गराउने तथा लगानी सम्मेलनमा प्रस्तुत प्रस्तावित परियोजनाका लागि लगानी जुटाउन समेत यो सम्मेलन उत्प्रेरक हुने अपेक्षा गरिएको छ ।

अघिल्ला दुई पूर्वधार सम्मेलनले आगामी २०३० सम्म नेपालको पूर्वधारको अवस्था तथा अबको पूर्वधारको लागि आवश्यक थप लगानीको यकिन गर्न बृहत तथा गहन अध्ययन गर्नु पर्ने औल्याएको थियो । यसैमा केन्द्रित गरि परिसंघले सर्वाङ्गिण विकास अध्ययन केन्द्रसँग सहकार्यमा त्यस्तो अध्ययन पुरा भई प्रतिवेदन तयार भएको छ । तेस्रो पूर्वाधार सम्मेलनमा यो प्रतिवेदन सार्वजनिक हुनेछ ।

दुई दिनसम्म सञ्चालन गरिने उक्त पूर्वाधार सम्मेलनमा देशभित्र र बाह्य देशहरुका ५०० भन्दा बढी लगानीकर्ताहरुको सहभागिता हुने छ ।

प्रधानमन्त्रीको प्रमुख आतिथ्यता एवं मित्रराष्ट्र दक्षिण कोरियाका पूर्व प्रधानमन्त्री डाक्टर हान सुंग सो विशेष अतिथिका रुपमा रहनु हुने आयोजकले जनाएको छ । भारतबाट समेत वरिष्ठ मन्त्रीज्यहरु र लगानीकर्तालाई आमन्त्रण गरिएको छ । साथै विकास साझेदार संस्थाहरु विश्व बैँक, एशियन विकास बैँक, युरोपियन युनियन, डब्लु डब्लु एफ आदिले समेत सो सम्मेलनमा भाग लिने छन् ।