कुमारी बैंकको नाफा २८ प्रतिशतले बढ्यो, वितरण योग्य रकम ९६ करोड

0
Shares

कुमारी बैंकले गत आर्थिक वर्षमा एक अर्ब ३३ करोड रुपैयाँ नाफा गरेको वित्तीय विवरण सार्वजनिक गरेको छ ।

बैंकको नाफा अघिल्लो आर्थिक वर्षको तुलनामा २८ प्रतिशतले बढी हो । अघिल्लो वर्ष बैंकले एक अर्ब चार करोड कमाएको थियो ।

बैंकको वित्तीय विवरण अनुसार वितरण योग्य नाफा ९६ करोड ७० लाख रुपैयाँ छ । यसको आधारमा गतवर्षको कमाईबाट बैंकले एघार प्रतिशतसम्म लाभांश वितरण गर्नसक्ने क्षमता बनाएको छ ।

बैंकको चुक्ता पूँजी ८ अर्ब ६८ करोड रुपैयाँ छ । विभिन्न कोषमा गरी जगेडामा ३ अर्ब १८ करोड राखेको छ ।

गत दुई आर्थिक वर्षको २१.२५ प्रतिशत बोनस वितरण गरेर पूँजी बढाएको बैंकको प्रतिशेयर आम्दानीमा पनि सुधार देखिएको छ । अघिल्लो वर्ष १४ रुपैयाँ ५४ पैसा रहेको प्रतिशेयर आम्दानी १५ रुपैयाँ ३६ पैसा पुगेको छ ।

बैंकको असार मसान्तसम्म निक्षेप ७३ अर्ब २० करोड, कर्जा ७३ अर्ब १२ करोड पुगेको छ । निक्षेप करिब २३ प्रतिशतले बढ्दा कर्जा साढे २० प्रतिशतले बढेको छ । बैंकको कर्जा निक्षेप अनुपात ७८.३२ प्रतिशत रहेको छ ।

बैंकको संचालन नाफा ४२.६५ प्रतिशत, खुद ब्याज आम्दानी ४८.५५ प्रतिशतले बढोत्तरी भएको छ भने खर्च समेत २८ प्रतिशत भन्दा धेरैले बढेको छ ।

बैंकको आधार ब्याजदर १०.८२ प्रतिशत, कोषको लागत ८.३५ प्रतिशत छ । खराब कजाृ घटाएर ०.९७ प्रतिशतमा सिमित गरेको बैंकको बैंकको प्रतिशेयर नेटवर्थ १३६ रुपैयाँ ६४ पैसा, र मूल्य आम्दानी अनुपात १४.३२ गुणा छ।