रसुवागढी र सान्जेन जलविद्युतको शेयर मंंगलबारदेखि नेप्सेमा किनबेच हुने

0
Shares

रसुवागढी र सान्जेन जलविद्युत कम्पनीको शेयर मंगलबारदेखि नेप्सेमा किनबेच गर्न पाइने भएको छ ।

आज शेयर सूचीकरण गराउन लागेका दुवै कम्पनीलाई नेप्सेले कारोबार संकेत र रेन्ज समेत तोकेको छ । रसुवागढीले आरएचपिएल र साञ्जेनले एसजेसिएल कारोबार संकेत पाएका छन।

रसुवागढीको प्रिओपनिङ प्राइस रेन्ज ९७.२९ देखि २९१.८७ रुपैयाँ तथा साञ्जेनको ९६.३२ देखि २८८.९६ रुपैयाँ प्राइस रेन्ज तोकिएको छ । नेप्सेले सुरुवाती कारोबारको लागि कम्पनीको नेट वर्थको ३ गुणा सम्मको सुरुवाती मूल्य तोक्ने गरेको छ ।

आइपीओ बाँडफाँड भएको करिब साढे तीन महिनापछि यी दुई कम्पनीको शेयर नेप्सेमा सूचिकृत भएर कारोबारमा आउन लागेको हो ।

यी दुवै कम्पनी चिलिमे हाइड्रोपावर कम्पनीक सहायक कम्पनी हुन् । दुवै कम्पनीले एक साथ जनताको जलविद्युत कार्यक्रम अन्तर्गत सर्वसाधारणलाई शेयर निष्काशन गरेका थिए गत वैशाखमा आईपीओ बिक्री गरेका थिए ।

रसुवागढीले १०० रुपैयाँ अंकित दरले १ अर्ब २ करोड ६३ लाख १५ हजार रुपैयाँ बराबरको १ करोड २ लाख ६३ हजार १५० कित्ता आइपीओ निष्कासन गरेको थियो । यस्तै, साञ्जेन जलविद्युत कम्पनी लिमीटेडले १०० रुपैयाँ अंकित दरका ५४ करोड ७५ लाख रुपैयाँ बराबरको ५४ लाख ७५ हजार कित्ता शेयर निष्कासन गरेको थियो।