सुर्या लाइफले ८८ करोड ७४ लाखको हकप्रदका लागि तोक्यो बुक क्लोज

0
Shares

सुर्या लाइफ इन्स्योरेन्सले ७० प्रतिशत हकप्रद बिक्रीको लागि बुक क्लोज मिति तय गरेको छ । कम्पनीले साउन २९ गते १ दिनको लागि बुकक्लोज गर्ने जनाएको छ ।

जस अनुसार साउन २८ गतेसम्म कायम शेयरधनीले कम्पनीको हकप्रदमा आवेदन दिन पाउनेछन् ।

कम्पनीले १०:७ को अनुपातमा ७० प्रतिशत हकप्रद शेयर निष्काशन गर्न लागेको हो । अब कम्पनीले ८८ करोड ७४ लाख ९ हजार रुपैयाँ बराबरको ८८ लाख ७४ हजार ९ सय कित्ता हकप्रद शेयर निष्काशन गर्ने छ ।

हाल १ अर्ब २६ करोड ७७ लाख २८ हजार रुपैयाँ चुक्ता पूँजी रहेको कम्पनीको हकप्रद बिक्रीपछि चुक्ता पूँजी २ अर्ब १५ करोड ५१ लाख रुपैयाँ पुग्नेछ ।