महालक्ष्मी विकास बैंकले शेयर स्वामित्व परिवर्तन गर्ने, संस्थापकको घटाउने

0
Shares

महालक्ष्मी विकास बैंकले संस्थापक र साधारणतर्फको शेयर स्वामित्व परिवर्तन गर्ने भएको छ । बैंकले करिब तीन प्रतिशत संस्थापक शेयर साधारणमा रुपान्तरण गर्ने जनाएको छ ।

हाल बैंकमा संस्थापक शेयरधनीको ५३.९८ प्रतिशत र सर्वसाधारणको ४६.०२ प्रतिशत शेयर स्वामित्व रहेको छ । बैंकले संस्थापकतर्फ ५१ र सर्वसाधारणतर्फ ४९ प्रतिशत शेयर स्वामित्व कायम गर्न लागेको हो ।

बैंकको सञ्चालक समितिको साउन १६ गतेको बैंठकले शेयर स्वामित्व परिमाजृन गर्न आवश्यक प्रक्रिया अघि बढाउने निर्णय गरेको थियो ।

बैंकले सोमबार एक सूचना जारी गरी संस्थापक शेयरलाई सर्वसाधारणतर्फ परिणत गर्न नचाहने लगानीकर्ताहरुले ३५ दिनभित्र लिखित रुपमा स्वघोषणा गर्न आग्रह गरेको छ। दोस्रो बजारमा बैंकको सर्वसाधारण तर्फको शेयर मूल्य २०० रुपैयाँ छ भने संस्थापकतर्फको शेयर मूल्य ११६ रुपैयाँ छ।