ग्लोबल आईएमई लघुवित्तको शतप्रतिशत हकप्रद शेयरको बिक्री खुल्यो

0
Shares

ग्लोबल आईएमई लघुवित्तको शतप्रतिशत हकप्रद शेयरको बिक्री आज (साउन २१) देखि खुला भएको छ । 

कम्पनीले ११ करोड ४ लाख ५७ हजार ५ सय बराबरको ११ लाख ४ हजार ५७ हजार ५ सय कित्ता हकप्रद शेयर निष्काशन गरेको हो ।

कम्पनीले हकप्रद निष्काशनको लागि साउन १ गते बुक क्लोज गरेको थियो । यस अनुसार असार ३१ गतेसम्म कायम शेयरधनीले मात्र हकप्रद भर्न पाउनेछन् । हकप्रद भर्ने म्याद साउन २३ गतेसम्म रहेको छ ।

कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धकको काम लक्ष्मी क्यापिटल मार्केटले गर्नेछ ।  ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्थाको अधिकांश शाखा कार्यालयबाट हकप्रद भर्न सकिनेछ ।

त्यसैगरी, बिक्री प्रबन्धक लक्ष्मी क्यापिटल मार्केट, आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाबाट पनि आवेदन बुझाउन सकिनेछ । ग्लोबल आइएमई क्यापिटलको कार्यालय राष्ट्रिय नाचघर जमल काठमाडौंमा भने चेकबाट मात्र दरखास्त दिन सकिने ब्यवस्था गरिएको छ । 

हाल कम्पनीको चुक्ता पूँजी ११ करोड ४ लाख छ । शतप्रतिशत हकप्रद पश्चात कम्पनीको पूँजी २२ करोड ८ लाख पुग्ने छ ।