नेरुडे लघुवित्तको खुद नाफा दोब्बर, प्रतिशेयर आम्दानी ९५ प्रतिशतले बढ्यो

0
Shares

नेरुडे लघुवित्तले अघिल्लो आर्थिक बर्षको तुलनामा गत आर्थिक बर्षमा खुद नाफा दोब्बर गरेको छ ।

अघिल्लो वर्ष ५ करोड ६४ लाख कमाएको लघुवित्तले गत आर्थिक बर्षमा १२ करोड ६८ लाख खुद नाफा गरेको छ ।

समीक्षा अवधिमा लघुवित्तको नाफा १२४.८५ प्रतिशतले वृद्धि गरेको भएको हो । लघुवित्तको कर्जा,निक्षेप,सापट सबै बढेको छ । संचालन नाफा तथा ब्याज आम्दानीमा भएको सुधार र खराब कर्जा असुलीले नाफामा उच्च सुधार आएको हो ।

चुक्ता पूँजी ३९ करोड ७६ लाख रुपैयाँ रहेको लघुवित्तको जगेडा कोषमा ४७ करोड ३९ लाख रुपैयाँ सञ्चित छ । यस अवधिमा १५ प्रतिशतले पूँजी बढाएको कम्पनीको जगेडा कोष ३९.५५ प्रतिशतले सुधार भएको छ ।

गत असार मसान्तसम्म एक अर्ब ९४ करोड निक्षेप संकलन गरेको लघुवित्तले दुई अर्ब २५ करोड बैंक तथा वित्तिय संस्था मार्फत ऋण गरेर ५ अर्ब ३ करोड कर्जा परिचालन गरेको छ । यसबाट लघुवित्तले ३९ करोड १५ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । यो अघिल्लो वर्षको यसै अवधिको तुलनामा करिब ३६ प्रतिशतले धेरै हो ।

लघुवित्तमा निष्कृय कर्जा अनुपात १.५१ प्रतिशत छ। प्रतिशेयर आम्दानी ३१ रुपैयाँ ९० पैसा छ भने प्रतिशेयर नेटवर्थ २१९ रुपैयाँ १९ पैसा छ । मूल्य आम्दानी अनुपात १४.७० गुणा छ ।