भर्खरै आईपीओ जारी गरेको गुराँस लघुवित्तको यस्तो छ प्रगति विवरण

0
Shares

गुराँस लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्षको चौथो त्रैमासम्म आइपुग्दा अघिल्लो आर्थिक वर्षको तुलनामा खुद नाफा २९१.४६ प्रतिशत बढेर १ करोड ४८ लाख ५६ हजार रुपैयाँ पुगेको छ ।

अघिल्लो वर्ष यसै अवधिमा गुराँसले ३७ लाख ९५ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । संस्थाले अघिल्लो वर्षको तुलनामा खुद नाफामा १ करोड १० लाख रुपैयाँभन्दा बढी कमाउन सफल भएको छ ।

समीक्षा अवधिमा संस्थाको चुक्ता पुँजी ७ करोड ७५ लाख रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष संस्थाको चुक्ता पुँजी ४ करोड २० लाख रुपैयाँ रहेको थियो । कम्पनीको रिजर्भ कोषमा १ करोड ७७ लाख छ । दुई महिना अघि आइपीओ जारी गरेको संस्थाको आईपीओ पछि पूँजी र रिजर्भमा सुधार आएको हो ।

संस्थाले १० करोड ६२ लाख रुपैयाँ सापटी लिई ६८ करोड ४७ लाख रुपैयाँ ऋण प्रवाह गरेको छ । संस्थाको सञ्चालन मुनाफा ६ करोड ५५ लाख रुपैयाँ पुगेको छ । खुद ब्याज आम्दानी ४ करोड ६ लाख रुपैयाँ गरेको छ ।

चौथो त्रैमाससम्म आइपुग्दा गुराँसको प्रतिसेयर आम्दानी १९ रुपैयाँ १७ पैसा पुगेको छ भने प्रतिसेयर नेटवर्थ १२२ रुपैयाँ ८७ पैसा छ ।