शेयर बजार लगातार चौथो दिन घट्यो, राताम्मे बजारमा कारोबारको साथ कायमै

0
Shares

शेयर बजार ओरालो लाग्ने क्रमले मंगलबार पनि निरन्तरता पाएको छ । मंगलबार नेप्से करिब दश अंकले घट्दा ४५ करोड बढीको शेयर किनबेच भएको छ ।

नेप्से लगातार चौथो दिन घटेको छ । कारोबारमा आएका सबै समूहका सूचक ओरालो लागेपछि बजार घटेको हो ।

नेप्से सूचक मंगलबार ९.३६ अंकले घटेर १२४५.७३ विन्दुमा झरेको छ । १६९ कम्पनीको १४ लाख ४९ हजार ६९७ कित्ता शेयर ४५ करोड रुपैयाँभन्दा बढीमा किनबेच भएको छ ।

कारोबार भएका १२ वटै समूहका सूचक तल झरेका छन् । सबैभन्दा धेरै निर्जीवन बिमा समूहको सूचक ४०.९७ अंकले घटेको छ । वाणिज्य बैंक समूहको सूचक ९.३६ अंकले ओरालो लागेको छ ।

यसदिन सबैभन्दा धेरै कृषि विकास बैंकको ८ करोड ५४ लाख रुपैयाँभन्दा बढीको कारोबार भयो ।

यस दिन सबैभन्दा धेरै जोशी हाइड्रोपावरका लगानीकर्ताले २.७४ प्रतिशतका दरले कमाएका छन् । धेरै गुमाउनेमा सपोर्ट माइक्रोफाइनान्सका लगानीकर्ता छन् । यसको भाउ १० प्रतिशतले आरालो लागेको छ ।

मंगलबारको बजारमा धेरै मूल्य घट्ने कम्पनीहरुको अग्रपक्तिमा लघुवित्त कम्पनीहरु देखिएका छन् ।