आयल निगमले ग्यासको मूल्य घटाएर पेट्रोल, डिजल र मट्टितेलको बढायो

0
Shares

नेपाल आयल निगमले खाना पकाउने एलपी ग्यासको मूल्य प्रतिसिलिण्डर २५ रुपैयाँ घटाएको छ ।

निगमले ग्यासको मूल्य घटाएपनि पेट्रोल,डिजल र मट्टितेलको मूल्य भने बढाएको छ।

निगमले मंगलबार राती लागु हुनेगरि मूल्य परिमार्जन गरेको हो ।

निगमले एलपी ग्याँसमा प्रतिसिलिण्डर २५ रुपैयाँ घटाएको छ भने पेट्रोलमा १ रुपैयाँ तथा डिजेलमा ५० पैसा बढाएको छ ।

अब उपभोक्ताले ग्यास प्रतिसिलिण्डर १३ सय ७५ रुपैयाँमा पाउनेछन्। यसअघि ग्यासको मूल्य १४ सय रुपैयाँ थियो।

निगमका अनुसार पेट्रोलको प्रतिलिटर १०९, डिजेल र मट्टितेलको ९७ रुपैयाँ कायम भएको छ । हवाई ईन्धनको हकमा खुद्रा बिक्री मूल्य यथावत राखिएको छ ।