लक्ष्मी बैंकको वितरण योग्य रकम एक अर्ब १५ करोड, खुद नाफामा ३३ प्रतिशतको वृद्धि

0
Shares

लक्ष्मी बैंकले गत आर्थिक वर्षको अन्तिम त्रैमासिक सम्ममा एक अर्ब ५७ करोड रुपैंया खुद नाफा कमाएको छ ।

अघिल्लो आर्थिक वर्षमा बैंकले एक अर्ब करोड १८ करोड खुद नाफा कमाएको थियो । अघिल्लो आर्थिक वर्षको तुलनामा बैंकको नाफा गत आर्थिक वर्षमा ३३.४४ प्रतिशतले बढोत्तरी भएको छ ।

गत आर्थिक वर्षमा बैंकको एक अर्ब १५ करोड रुपैयाँ बराबरको वितरण योग्य नाफा छ । यसर्थ बैंकले १२ प्रतिशतसम्म लाभांश बाड्ने क्षमता बनाएको छ ।

बैंकले २१.६३ प्रतिशतले निक्षेप संकलन तथा कर्जा परिचालन २५.७३ प्रतिशतले बढाएको छ । गत असार मसान्तसम्म बैंकले ७९ अर्ब ७४ करोड रुपैंया निक्षेप संकलन गरेर ७५ अर्ब २२ करोड रुपैयाँ कर्जा परिचालन गरेको छ । यस बाट बैंकले ३ अर्ब ४ करोड खुद ब्याज आम्दानी गरेको छ । खुद ब्याज आम्दानी अघिल्लो वर्षको तुलनामा ३० प्रतिशत धेरै हो ।

बैंकको चुक्ता पूँजी ८ अर्ब ९२ करोड रुपैंया छ भने प्रतिशेयर आम्दानी २३ प्रतिशतले बढेर १७ रुपैयाँ ६७ पैसा कायम भएको छ । त्यसै गरी जगेडाकोषमा ३ अर्ब ७१ करोड राखेको बैंकको प्रतिशेयर नेटवर्थ १४१ रुपैयाँ ६७ पैसा छ । १२.७९ गूणा मूल्य आम्दानी अनुपात रहेको बैंकको निष्कृय कर्जा घटेर १.११ प्रतिशत छ ।

बैंकको आधार ब्याजदर १०.३१ प्रतिशत तथा कोषको लागत ७.०१ प्रतिशत छ । आधार ब्याजदर र कोषको लागत अघिल्लो आर्थिक वषएको भन्दा कम हो । जसको पूँजी प्रयाप्तता ११.३३ प्रतिशत छ । केन्द्रिय बैंकको नयाँ निर्देशन अनुसार बैंकले पूँजी बढाउनुपर्ने बाध्यता देखिएको छ ।