निर्धन उत्थानले २० प्रतिशत पूँजी थपिँदा ३२ प्रतिशतले नाफा बढायो

0
Shares

निर्धन उत्थान लघुवित्तले गत आर्थिक वर्षमा त्रैमासमा ७३ करोड ९५ लाख खुद नाफा गरेको छ। यो अघिल्लो आर्थिक वर्षको तुलनामा ३२.२४ प्रतिशतले धेरै हो। अघिल्लो वर्ष लघुवित्तले ५५ करोड ९२ लाख नाफा कमाएको थियो।

चुक्ता पूँजी २०प्रतिशतले बढाएको लघुवित्तको नाफा ३२.२४ प्रतिशतले बढ्दा प्रतिशेयर आम्दानीमा सुधार आएको छ । निक्षेप संकलन ३० प्रतिशत तथा कर्जा लगानी विस्तार २७ प्रतिशतले बढाएको लघुवित्तको व्यवसायको आकार वृद्धिसँगै खुद नाफा बढ्दै गएको छ ।

लघुवित्तका प्राय सबै आम्दानीका सूचक सकारात्मक रहेपनि खराब कर्जा अनुपात बढ्दा नोक्सानी व्यवस्था रकम बढेको छ भने पू्रँजी कोष अनुपातमा समेत दबाब देखिन्छ । कर्मचारी खर्च समेत बढ्दै गएको छ ।

एक अर्ब २० करोड रुपैयाँ चुक्ता पूँजी रहेको निर्धनको भन्दा जगेडा कोषको आकार एक अर्ब ६२ करोडरुपैयाँ कायम गर्दा पूँजीभन्दा मजबुत बन्न पुगेको छ । लघुवित्तको जगेडामा ३० प्रतिशत रकम थप भएको छ ।

यस अवधिमा लघुवित्तले ११ अर्ब ४ करोड निक्षेप संकलन गरेको छ भने बैंक तथा वित्तीय संस्थाहरुबाट ७ अर्ब ६९ करोड सापटी लिएको छ । गत असारसम्म लघुवित्तले १९ अर्ब ६३ करोड कर्जा परिचालन गरेको छ । यसबाट कम्पनीले एक अर्ब ५७ खुद ब्याज आम्दानी गरेको छ । जुन अघिल्लो वर्षको भन्दा २१ प्रतिशत बढी हो ।

समीक्षा अवधिमा लघुवित्तको खराब कर्जा अनुपात १.१७ प्रतिशत छ । त्यस्तै, प्रतिशेयर आम्दानी ६१ रुपैयाँ ६३ पैसा, प्रति शेयर नेटवर्थ २३५ रुपैयाँ १७ पैसा रहेको यस कम्पनीको मूल्य आम्दानी अनुपात १३ .६५ गुणा छ ।