सामुदायिक लघुवित्तको नाफा ५७ प्रतिशतले बढ्यो

0
Shares

सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षमा २ करोड ४४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो नाफा अघिल्लो वर्षको तुलनामा ५६.९६ प्रतिशत बढी हो ।

अघिल्लो वर्षको सोही अवधिमा संस्थाले १ करोड ५५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । यस अवधिमा संस्थाले ४४ करोड ७६ लाख रुपैयाँ सापटी लिई ९१ करोड २१ लाख रुपैयाँ ऋण प्रवाह गरेको छ ।

समीक्षा अवधिमा संस्थाले खुद ब्याज आम्दानी ७ करोड ५३ लाख रुपैयाँ आर्जन गरेको छ भने संस्थाको सञ्चालन मुनाफा ३ करोड ८४ लाख रुपैयाँ छ ।

संस्थाको चुक्ता पुँजी १० करोड रुपैयाँ छ । अघिल्लो वर्षको तुलनामा १५.८३ प्रतिशतले बढाएर जगेडाकोषमा ५ करोड ५४ लाख रुपैयाँ जम्मा गरेको छ ।

संस्थाको प्रतिशेयर आम्दानी २४.४४ रुपैयाँ, मूल्य आम्दानी अनुपात २१.७७ गुणा र प्रतिशेयर नेटवर्थ १५५.४४ रुपैयाँ रहेको छ ।