एनआरएन इन्फास्ट्रक्चरले करिब ३४ करोडको आइपीओ निष्कासन गर्ने

0
Shares

एनआरएन इन्फास्ट्रक्चर एन्ड डेभलपमेन्ट लिमिटेडले ३३ करोड ९८ लाख ४ हजार ६०० रुपैयाँ बराबरको आइपीओ जारी गर्ने भएको छ । जसका लागि कम्पनीले धितोपत्र बोर्डसँग अनुमति मागेको छ । कम्पनीले १०० रुपैयाँ दरको ३३ लाख ९८ हजार ४६ कित्ता सेयर जारी गर्न लागेको हो ।

जलविद्युत क्षेत्रका माध्यमबाट नेपालको राष्ट्रिय विकासमा योगदान पुर्याउने उद्देश्यले एनआरएन इन्फास्ट्रक्चर एन्ड डेभलपमेन्ट कम्पनी सन् २०१२ मा स्थापना भएको हो । गैरआवासीय नेपालीहरुले यो कम्पनीलाई प्रवद्र्धन गरेका छन् । यसको केन्द्रीय कार्यालय काठमाडौंमा रहेको छ ।

कम्पनीले मथिल्लो मैलुङ खोला हाइड्रोपावर १४.३ मेगावट, स्विट गंगा हाइड्रोपावर एन्ड कन्स्ट्रक्सन २८;१ मेगावट, मध्य तमोर हाइड्रोपावर ५४ मेगावट र हिमालयन पावर पार्टनर २७ मेगावट, लगायतका परियोजनामा लगानी गरेको छ ।

एनआरएन इन्फास्ट्रक्चर एन्ड डेभलपमेन्ट कम्पनीको आइपीओमा सानिमा क्यापिटलले बिक्री प्रबन्धकको काम गर्नेछ ।