लुम्बिनी गुरुयोजनाको काम ८२ प्रतिशत पूरा

0
Shares

लुम्बिनी गुरुयोजनाको काम ८२ प्रतिशत पूरा भएको छ । बृहत्तर लुम्बिनी गुरुयोजनाको काम सम्पन्न गर्न झण्डै रु दुई सय अर्ब आवश्यक पर्ने लुम्बिनी विकास कोषले जनाएको छ ।

कोषका अध्यक्ष एवम् संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले अध्यक्षता गर्नुभएको उक्त बैठकमा प्रा केन्जो टाँगेको गुरुयोजना, लुम्बिनी क्षेत्रमा भएका उत्खननको प्रभावकारिता र विश्वसनीयता, बृहत्तर लुम्बिनी क्षेत्रको विकास, लुम्बिनीमा पर्यटकको बसाइ लम्बाउनेलगायत प्रस्तावमाथि छलफल भएको कोषका निमित्त सदस्यसचिव सरोज भट्टराईले जानकारी दिए ।

सो अवसरमा मन्त्री भट्टराईले लुम्बिनीको विकासका लागि सबै पदाधिकारी तथा सदस्य एक भएर लाग्नुपर्ने बताए । उनले सरकारले लुम्बिनीको विकासका लागि कुनै कसर बाँकी नराख्ने र प्रदेश सरकारसँग आवश्यक सहकार्य गरिने बताए । बैठकमा प्रदेश नं ५ का मुख्यमन्त्री शङ्कर पोखरेल र प्रदेश पर्यटन, उद्योग, वन तथा वातावरणमन्त्री लीला गिरीसमेत आमन्त्रित सदस्यको रुपमा उपस्थित थिए ।