नियामक निकायको गैरजिम्मेवारीले सिजनमै सुस्तायो शेयर बजार

0
Shares

साउनको अन्तिम साता लाग्दा समेत शेयर बजारको रौनक फर्कन सकेको छैन् । सामान्तया शेयर किन्ने सिजनको समयमा शेयर बजार निरन्तर ओरालो लागेपछि शेयर लगानीकर्ता निराश देखिएका छन् ।

शेयर कारोबारमा लाग्ने पूँजीगत लाभकरको विवाद तथा बैंकर्स संघ र केन्द्रिय बैंकबीच स्प्रेड गणना विधिका बिषयमा भएको जुहारीले शेयरबजारका लगानीकर्ता थप अन्योलमा देखिएका छन् ।

शेयर बजारका नियामक निकायहरुले पूँजीगत लाभकरको गणना विधि, प्रक्रिया र ‘कट अफ डेट ‘ को बिषयमा लगानीकर्तालाई प्रष्ट जानकारी दिन नसक्दा सिजनमै शेयर बजार सुस्ताएको छ ।

जसले गर्दा सूचिकृत कम्पनीहरुले उल्लेखीय रुपमा नाफा बढाएका विवरण सार्वजनिक गरिरहँदा पनि शेयर लगानीकर्ताहरुले बजार बाट शेयर उठाउन सकेका छैनन् । शेयर बिक्रीपछि ब्रोकर अफिसमा गएर ल्याप्चे लाउने अवस्थाले पनि लगानीकर्ताहरुले शेयर किनबेचमा जागर देखाउन सकेका छैनन् । जसले गर्दा कारोबार रकम पनि खुम्चिदै आएको छ ।

आइतबार नेप्से सूचक ४.८४ अंकले घटेर १२३३.७१ विन्दुमा झरेकोे छ । १६६ कम्पनीको ११ लाख ४५ हजार ५०७ कित्ता किनबेच भएको बजारमा ३१ करोड १७ लाख रुपैयाँ बराबरको कारोबार भयो ।

कुल १२ वटा समूहको कारोबार भएकामा ५ समूहका सूचक हरिया भएका छन् । वाणिज्य बैंक समूहको सूचक ५.०३ अंकले घटेको छ ।

रसुवागढी हाइड्रोपावरको सबैभन्दा धेरै ४ करोड ५९ लाख रुपैयाँभन्दा धेरैको शेयर कारोबार भयो । साल्ट कर्पोरेशनको शेयरमूल्य नौ प्रतिशत भन्दा धेरैले बढेको छ ।