ओमको साधारण सभाले एनएमबिसँग मर्जमा जाने विशेष प्रस्ताव पारित गर्दै

0
Shares

ओम डेभलपमेन्ट बैंकले साउन २७ गते सोमबार हुने वार्षिक साधारण सभाले एनएमबि बैंकसँग मर्जरमा जाने विशेष प्रस्ताव पारित गर्दैछ । साधारण सभा होटल पोखरा ग्रान्ड, घरीपाटन पोखरामा बिहान ९ बजे सुरु हुनेछ ।

एनएमबि र ओम १००ः७६ सेयर स्वाप रेसियोमा मर्ज हुने प्रारम्भिक सम्झौता छ ।तर सम्पति तथा दायित्व मूल्यांकन प्रतिवेदनका आधारमा तय भएको शेयर स्वाप रेसियो साधाणसभामा पेश गरिनेछ ।

एनएमबी बैंकसँग मर्जर प्रकृयामा रहेको ओमले एनएमबीसँग मर्जरमा जाने भएपछि यस अघि प्रस्तावित लाभांश खारेज गरि बिना लाभांश कम्पनीको बाह्रौं वार्षिक साधारणसभा आब्हान गरेको हो।

एकिकृत साधारण सभा सम्पन्न गरी दुवै संस्थाका शेयरधनीहरुलाई आर्थिक वर्ष २०७५/०७६ को नाफाबाट लाभांश वितरण गर्ने सहमति गरेका छन् । एनएमबिको साधारण सभा साउन २८ गते हुँदैछ ।

हाल एनएमबि बैंकको चुक्ता पूँजी ९ अर्ब ६१ करोड रहेको छ भने ओम डेभलपमेन्ट बैंकको चुक्ता पूँजी २ अर्ब ५१ करोड रहेको छ। एकीकृत बैंकको चुक्ता पूँजी साढे ११ अर्ब माथि पुग्नेछ।

मर्जरपछि बन्ने एकीकृत बैंकको प्रमुख कार्यकारी अधिकृतमा एनएमबी बैंकका हालका सीइओ सुनिल केसी र ओम डेभलपमेन्ट बैंकका विश्वमोहन अधिकारी डेपुटी सीइओमा रहनेछन्।

ओम र एनएमबिले जेठ २ गते मर्जर सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गरेका थिए । मर्जरपछि एनएमबि बैंकको नामबाट कारोबार हुनेछ । मर्जर प्रक्रियामा रहेका कारण हाल यी दुवै बैंकको सेयर कारोबार रोक्का छ ।