शेयर बजारमा सामान्य सुधार, ३१ करोड बढीको शेयर किनबेच

0
Shares

सोमबार शेयर बजारमा सामान्य सुधार आएको छ । नेप्से सूचक तथा कारोबार रकममा झिनो सुधार देखिएको छ ।

सोमबार नेप्से सूचक ०.१३ अंकले बढेर १२३३.८५ विन्दुमा पुगेको छ । १७१ कम्पनीको १८ लाख २१ हजार ८२२ कित्ता शेयर ३१ करोड ४२ लाख रुपैयाँ बराबरमा किनबेच भयो ।

१२ वटा समूहको सेयर खरिदबिक्री भएकामा ७ वटा समूह सकारात्मक रहेका छन् भने बाँकी ५ समूहका सूचक नकारातमक रहे ।

होटेल समूह २०.५९ अंकले बढेको छ । यता, वाणिज्य बैंक समूहको सूचक ०.४२ अंकले घटेको छ । सबै भन्दा बढी निर्जीवन बीमा समुह ३४.३२ अंकले ओरालो लागेको छ ।

यसदिन पनि रसुवागढी हाइड्रोपावरको सबैभन्दा धेरै २ करोड ५९ लाख रुपैयाँभन्दा बढीको कारोबार भयो । सबैभन्दा धेरै नाडेप लत्तुवित्तको शेयर मूल्य ९.८९ प्रतिशतले बढेको छ । सबैभन्दा बढी विशाल बजारका शेयरे मूल्य ५.२६ प्रतिशतले घट्यो ।