फस्ट माइक्रोफाइनान्सले प्रस्ताव गर्यो गत आर्थिक वर्षको लाभांश

0
Shares

फस्ट माइक्रोफाइनान्स वित्तीय संस्थाले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई वितरण गर्ने लाभांश प्रस्ताव गरेको छ। लघुवित्तले १७ प्रतिशत बोनस र बोनसको कर प्रयोजनका लागि नगद लाभांश समेत प्रस्ताव गरेको छ ।

कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट १७ प्रतिशत बोनस शेयर तथा बोनसमा लाग्ने कर बापतको ०.८९ प्रतिशत नगद लाभांश वितरण गर्ने जनाएको छ ।

जस अनुसार कम्पनीले बोनस र नगद गरी कुल १२ करोड २४ लाख ७० हजार ४६९ रुपैयाँको लाभांश वितरण गर्नेछ ।

प्रस्तावित लाभांश राष्ट्र बैंकको स्वीकृती पश्चात लघुवित्त कम्पनीको अगामी वार्षिक साधारण सभाबाट पारित भएपछि मात्र शेयरधनीलाई वितरण हुनेछ।

लघुवित्तको चुक्ता पूँजी ६८ करोड ४३ लाख ९३ हजार रुपैयाँ छ । बोनस पश्चात चुक्ता पूँजी ८० करोड ७ लाख ४० हजार पुग्नेछ। लघुवित्तले अघिल्लो वर्ष शेयरधनीलाई १२.६३ प्रतिशत नगद लाभांश वितरण गरेको थियो।