नेपाल विद्युत प्राधिकरण पनि आईपीओ निष्काशन गर्ने तयारीमा

0
Shares

नेपाल विद्युत प्राधिकरणले पनि सर्वसाधारणलाई शेयर बिक्री गर्ने तयारी थालेको छ ।

सरकारको पूर्ण स्वामितवको संस्थालाई पुनसंरचना गरेर सर्वसाधारणलाई शेयर निष्काशन गर्ने योजना सरकारले अघि सारेको हो ।

विद्युत प्राधिकरणका अध्यक्ष समेत रहेका ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री वर्षमान पुनले मंगलबार आयोजित पत्रकार सम्मेलनमा प्राधिकरणलाई पब्लिक कम्पनीमा रुपान्तरण गर्न लागिएको खुलास गरे ।

उनले, हालको ऐनले नै विद्युत प्राधिकरणलाई पब्लिक कम्पनीमा रुपान्तरण हुने व्यवस्था गरेको बताउदै सरकारले विद्युत प्राधिकरण ऐन पारित पश्चात प्राधिकरणको संरचना नै परिवर्तन हुने उनको भनाई छ । साथै पब्लिकमा गएपछि प्राधिकरण संचालनमा सरकारको भुमिका समेत परिमार्जन हुने प्रष्ट पारे ।

गत आर्थिक वर्षको खुदनाफा ७ अर्ब २० करोड 

नेपाल विद्युत् प्राधिकरणको गत आर्थिक वर्षमा ७ अर्ब २० करोड रुपैयाँ खुदनाफा गरेको छ । अघिल्लो वर्षको तुलनामा प्राधिकरणको नाफा ४ अर्ब ३६ करोड धरै हो । अघिल्लो आर्थिक बर्ष प्राधिकरणले २ अर्ब ८४ करोड खुद नाफा कमाएको थियो ।

लामो समयदेखि घाटामा रहेको प्राधिकरण पछिल्लो २ वर्षदेखि नाफामा छ । संस्थागत सुशासन, अनावश्यक खर्च कटौती र चुहावट नियन्त्रणले गर्दा नाफा बढेको हो ।

प्रधिकरणको विद्युतगृहको बिजुली उत्पादन बढेर २ अर्ब ५५ करोड युनिट पुगेको छ भने डेडिकेटेड फिडरबाट थप २ अर्ब ५० करोड रुपैयाँ आम्दानी गरेको छ । यस्तै विद्युत चुहावट १५.३२ प्रतिशतमा झारेको छ । प्राधिकरणले औसत ८ रुपैयाँमा बिजुली किनेर १० रुपैयाँ ४ पैसामा बिक्री गर्दै आएको छ ।

२०७३ भदौमा कुलमान घिसिङ कार्यकारी निर्देशकमा नियुक्त हुँदा प्राधिकरण ८ अर्ब ८९ करोड खुद नोक्सानीमा थियो ।