लुम्बिनी विकास बैंकले मर्जरमा जाने बाटो खुला गर्दै पारित गर्यो लाभांश

0
Shares

लुम्बिनी विकास बैंकको मंगलबार सम्पन्न एघारौं बार्षिक साधारण सभाले मर्जरमा जाने बाटो खुला गर्दै अघिल्लो वर्षको प्रस्तावित लाभांश पारित गरेको छ ।

साधारण सभाले आर्थिक वर्ष २०७४/७५ को नाफाबाट वितरण गर्न प्रस्ताव गरेको १७.०७ प्रतिशत बोनस शेयर पारित गरेको छ ।

बैंकले बोनस शेयर तथा साधारणसभा प्रयोजनको लागि साउन २२ गतेदेखि शेयरधनीदर्ता किताब बन्द गर्ने भएकाले साउन २१ गतेसम्म कायम भएका लगानीकर्ताले मात्र बैंकले वितरण गर्ने बोनस शेयर पाउनेछन्।

साथै अन्य कुनै बैंक तथा वित्तीय संस्था गाभ्न वा गाभिन परेमा त्यसको सम्पूर्ण अख्तियारी सञ्चालक समितिलाई दिने प्रस्ताव समेत पारित भएको छ ।

त्यस्तै, आर्थिक वर्ष २०७५/७६ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने एजेन्डा पनि अनुमोदन भएको छ ।

हाल यस बैंकको चुक्ता पुँजी २ अर्ब २० करोड ९७ लाख रुपैयाँ छ । बोनस वितरणपछि चुक्ता पुँजी २ अर्ब ५८ करोड ६९ लाख रुपैयाँ पुग्नेछ ।