मेगा बैंकको खुद नाफा साढे ३० प्रतिशतले बढ्यो, लभाशं क्षमता १३ प्रतिशत

0
Shares

मेगा बैंकले अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्षमा साढे ३० प्रतिशतले खुद नाफा बढाएको वित्तीय विवरण सार्वजनिक गरेको छ। टुरिजम डेभलपमेन्ट बैंकसँग मर्जर पश्चात बैंकको प्रगतिमा निरन्तर सुधार हुँदै गएको छ।

बैंकले गत असार मसान्तसम्म एक अर्ब ७१ करोड १९ लाख खुद नाफा आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्षको यसै अवधिमा एक अर्ब ३१ करोड ७३ लाख कमाएको थियो ।

बैंकले यस अवधिमा वितरण योग्य नाफा एक अर्ब ३५ करोड छ । जस अनुसार बैंकले गतवर्षको कमाईबाट आफ्ना शेयरधनीलाई १३ प्रतिशतसम्म लाभांश वितरण गर्नसक्छ ।

दश अर्ब ३८ करोड ८६ लाख चुक्ता पूँजी रहेको बैंकको विभिन्न जगेडाकोषमा ३ अर्ब २१ करोड राखेको छ ।

बैंकले ७८ अर्ब ६८ करोड निक्षेप संकलन गरि ६९ अर्ब ९८ करोड कर्जा परिचालन गरेको छ । यस अवधिमा बैंकको निक्षेप २८.८६ र कर्जा लगानी २५.६४ प्रतिशतले सुधार भएको हो। यस अवधिमा बैंकले ३ अर्ब ७९ करोड खुद ब्याज आम्दानी गरेको छ । संचालन नाफा २ अर्ब ४६ करोड छ ।

बैंकको कर्जा निक्षेप अनुपात ७५.७९ प्रतिशत, खराब कर्जा अनुपात ०.८६ प्रतिशत छ । बैंकको प्रतिशेयर आम्दानी १२ रुपैयाँ ८१ पैसा बाट बढेर १६ रुपैयाँ ५५ पैसाा पुगेको छ । प्रतिशेयर नेटवर्थ घटेर १३० रुपैयाँ ९३ पैसा कायम भएको छ । बैंकको आधार ब्याजदर ९.९८ प्रतिशत, कोषको लागत ७.६७ प्रतिशत छ।