अजोड इन्स्योरेन्सको कुल बीमा शुल्क आर्जन ४१ करोड ४५ लाख

0
Shares

अजोड इन्स्योरेन्सले आर्थिक वर्ष २०७५।७६ को चौथोे त्रैमास सम्ममा ४१ करोड ४५ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ । सो अवधिमा कम्पनीले ३ करोड ६७ लाख रुपैयाँ खुद नाफा नाफा कमाएको छ ।

कम्पनीले उक्त अवधिमा ४९ हजार ८ सय ९४ वटा बीमालेख जारी गरेको छ । त्यस्तै कम्पनीले २८ करोड ४० लाख रुपैयाँ दाबी भुक्तानी गरेको छ । कम्पनीको भुक्तानी हुन बाँकी दाबी रकम २९ करोड २०लाख रुपैयाँ रहेको छ ।

अजोडको चुक्ता पूँजी ७० करोड रुपैयाँ छ । २ करोड ४६ लाख रुपैयाँ जगेडा कोष राखेको कम्पनीले बीमा कोषमा दुई करोड ८३ लाख ४९ हजार रुपैयाँ जम्मा गरेको छ । त्यस्तै बिपत्ती कोषमा ३७ लाख रुपैयाँ जम्मा गरेको छ ।

कम्पनीको प्रतिशेयर आम्दानी ५ रुपैयाँ २५ पैसा रहेको छ । प्रति शेयर नेटवर्थ १ सय ८ रुपैयाँ १० पैसा रहेको छ । यस्तै कम्पनीको प्रति शेयर कुल सम्पत्तिको मूल्य १ सय ४३ रुपैयाँ ६३ पैसा रहेको छ ।