शेयर कारोबार २५ करोडमा सिमित, नेप्से सूचक १२२५ विन्दुमा झर्यो

0
Shares

साताको चौँथो दिन बुधबारको शेयर कारोबारमा अघिल्लो दिनको तुलनामा झण्डै पचास प्रतिशतले गिरावट आएको छ ।

बुधबार २५ करोड बराबरको कारोबार भयो । यसदिन १६९ कम्पनीको १० लाख ६९ लाख ६९० कित्ता शेयर २५ करोड ७२ लाख रुपैयाँ बराबरमा किनबेच भयो ।

मंगलबार करिब ५० करोड बराबरको शेयर किनबेच भएको थियो । बुधबारको बजारमा कारोबारसँगै नेप्से सूचक समेत ओरालो लागेको छ ।

कारोबारमा आएका माइक्रोफाईनान्स बाहेक सबै समूहको सूचक झरेपछि समग्र बजार नकारात्मक बनेको हो । वाणिज्य बैंक समूहको सूचक ६.४९ अंकले घटेको छ ।

यसदिन शेयर बजार परिसूचक नेप्से ५.१७ अंकले घटेर १२२५.९० अंकमा झरेको छ । बुधबारको बजामरा सबैभन्दा धेरै नेपाल बैंकको दुई करोड १० लाख ६२ हजार बराबरको शेयर किनबेच भयो ।

सबैभन्दा धेरै विजय लघुवित्तकमे शेयमूल्य ४.२६ प्रतिशतले बढेको छ भने वल्र्ड मर्चेन्ट बैंकिङ एन्ड फाइनान्सको शेयरमूल्य सबैभन्दा धेरै ५.३० प्रतिशतले घटेको छ ।