एघार बुदें घोषणा पत्र जारी गदैं युवा उद्यमशीलता सम्मेलन सम्पन्न

0
Shares

देशको अर्थतन्त्र बलियो बनाउन सरकारले युवा उद्यमशीलतामा लगानी बढाउनु पर्ने निकर्षसहित दुई दिने नेपाल युवा उद्यमशीलता सम्मेलन २०१९ सम्पन्न भएको छ । ४३ जिल्लाका ५०० युवा प्रतिनिधिहरुले उठाएका मागहरुलाई समेटेर ११ बुदें घोषण पत्र जारी गरिएको हो ।

उद्यम गर्न चाहने युवालाई सरकारले पहिचान गरी निसर्त लगानी गर्नुपर्ने, आइडिया बैंक स्थापना गर्नुपर्ने, बिनोधितो लोन र ब्याज अनुदानको झन्झटीलो प्रक्रिया अन्त्य गर्नुपर्ने, सरकारले युवा उद्यमशीलताको विकासका लागि सञ्चालन गरेका कार्यक्रमहरु एकद्धार प्रणालीबाट हुनुपर्ने र सेवा, सुविधा र अनुदानको कार्यक्रम पारदर्शी हुनुपर्नेमा सम्मेलनले निष्कर्ष निकालेको छ ।

प्रदेश ३ सरकारको उद्योग, पर्यटन, बन तथा वातावरण मन्त्रालय र विशाल मिडिया ग्रुपको आयोजना तथा आईएमई फाउण्डेसनको सह आयोजना रहेको सम्मेलनबाट प्राप्त उपलब्धीबारे समापन सत्रमा बोल्दैं सम्मेलन मुल आयोजक समितिका संयोजक विशाल गैरेले उद्यम गर्न चाहने युवाहरुको बिजनेश प्लानमाथी सरकार र निजि क्षेत्र लगानी गर्न तयार हुनुले युवाहरुमा उत्साह थपेको र आगामी दिनमा नयाँ स्टाटप कम्पनी खोल्न यसले सहयोग पुयाउने बताए ।

समापन सत्रमा नेपाल उद्योग बाणीज्य महासंघका उपाध्यक्ष एवं आईएमई गु्रपका अध्यक्ष चन्द्र ढकालले नयाँ युवाहरुको सोच माथी लगानी बढाउने र सरकारले उद्यम गर्न चाहने युवालाई सहजिकरण गर्नुपर्नेमा जोड दिए । उनले उद्यमी बन्न त्यति सहज नभएको उल्लेख गदैं ठुला भन्दा ठुला चुनौतीको सामना गर्न सक्ने युवा मात्र सफल उधमी बन्ने बताए ।

सम्मेलनमा उद्यम गर्न चाहने युवाहरुलाई लक्षित गरी विशाल फाउन्डेशनले प्रकाशन गरेको युवा उद्यमशीलता पुस्तकको बिमोचन समेत गरीएको थियो ।