एनएमबि बैंकको नाफा २४.६१ प्रतिशतले बढ्यो, लाभांश क्षमता १३ प्रतिशत कायम

0
Shares

एनएमबी बैकले गत आर्थिक वर्षमा २ अर्ब ३१ करोड रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । अघिल्लो आर्थिक बर्षमा १ अर्ब ८५ करोड नाफा गरेको बैंकको नाफा २४.६१ प्रतिशतले बढेको हो ।

बैंकको वितरणयोग्य मुनाफा भने १ अर्ब २७ करोड ४७ लाख रुपैयाँ रहेको छ । यस हिसाबले बैंकले करिब १३ प्रतिशतसम्म लाभांश दिन सक्ने देखिन्छ । बैंकको खुद ब्याज आम्दानी र सञ्चालन नाफा दुवैमा आकर्षक सुधार आएकाले खुद नाफा माथि जान टेवा पुगेको हो ।

समिक्षा अवधिमा बैंकले ९७ अर्ब ८९ करोड २३ लाख निक्षेप संकलन गरेर ेर ८८ अर्ब ४८ करोड ८१ लाख कर्जा परिचालन गरेको छ । बैंकको १६.५८ प्रतिशत तथा कर्जा २१.७० प्रतिशतले बढेको हो । जसबाट बैंकले ४ अर्ब २६ करोड खुद ब्याज आम्दानी गरेको छ ।

हाल बैंकको चुक्ता पुँजी ९ अर्ब ६१ करोड ८१ लाख रुपैयाँ रहेको छ । भने जगेडा कोषमा २ अर्ब ५३ करोड १८ लाख रुपैयाँ रहेको छ ।

खराब कर्जा शुन्य दशमलव ८२ प्रतिशत रहेको बैंककोे मूल्य आम्दानी अनुपात १५.९० गुणा, प्रतिशेयर नेटवर्थ एक सय ८१ रुपैयाँ ४९ पैसा, प्रति शेयर आम्दानी २४ रुपैयाँ ०२ पैसा, आधार ब्याजदर ९.८६ प्रतिशत, कोषको लागत ७.२६ प्रतिशत, पुँजी पर्याप्तता अनुपात १५.३२ प्रतिशत र सीसीडि ७६.८८ प्रतिशत रहेको छ ।