प्राइम बैंकको नाफा ३७ प्रतिशतले बढ्यो , लाभाश क्षमता १७ प्रतिशत

0
Shares

प्राइम बैंकले गत आर्थिक वर्षमा ३७ प्रतिशतले नाफा बढाएको छ। बैंकले दुई अर्ब ३६ करोड रुपैयाँ नाफा गरेको हो। अघिल्लो वर्ष एक अर्ब ७२ करोड रुपैयाँ थियो।

बैंकको वितरणयोग्य मुनाफा भने १ अर्ब ६० करोड छ । यस हिसाबले बैंकले करिब १७ प्रतिशतसम्म लाभांश दिन सक्ने देखिन्छ ।

बैंकले ७७ अर्ब ४ करोड रुपैयाँ निक्षेप संकलन गरि ७२ अर्ब ५१ करोड रुपैयाँ ऋण लगानी गरेको छ। बैंकको ६.०६ प्रतिशत तथा कर्जा ८.०१ प्रतिशतले बढेको छ । जसबाट तीन अर्ब ५९ करोड रुपैयाँ खुद ब्याज आम्दानी आर्जन गरेको छ। खुद ब्याज आम्दानी करिब ३५ प्रतिशत धरै हो ।

बैंकको चुक्ता पूँजी ९ अर्ब ३१ करोड रुपैयाँ छ भने जगेडा कोषमा दुई अर्ब ६० करोड रुपैयाँ जम्मा भएको छ।

बैंकको प्रति शेयर आम्दानी २५ रुपैयाँ ३८ पैसा छ । खराव कर्जा केहि प्रतिशत विन्दुले बढेर ०.९२ प्रतिशत पुगेको छ। बैंककोे मूल्य आम्दानी अनुपात १०.९५ गुणा, प्रतिशेयर नेटवर्थ एक सय ४५ रुपैयाँ ७२ पैसा, , आधार ब्याजदर १०.०३ प्रतिशत, कोषको लागत ७.९० प्रतिशत, पुँजी पर्याप्तता अनुपात १२.७८ प्रतिशत र सीसीडि ७७ प्रतिशत रहेको छ ।