पत्रकार रवि लामिछाने प्रहरी नियन्त्रणमा

0
Shares

पत्रकार शालिग्राम पुडासैनीको आत्महत्या विषयलाई लिएर आवश्यक अनुसन्धानको लागि प्रहरीले सञ्चारकर्मी रवि लामिछानेलाई नियन्त्रणमा लिएको छ।

जिल्ला प्रहरी कार्यालय चितवनको टोलीको अनुरोधमा सञ्चारकर्मी लामिछानेलाई नियन्त्रणमा लिएको हो ।

लामिछानेसँगै न्युज २४ का पत्रकार युवराज कँडेललाई नियन्त्रणमा लिएको छ। यसअघि प्रहरीले रुकु भनिने नर्स अस्मिता कार्कीलाई पक्राउ गरेको थियो।

साउन २० गते राति नारायणढस्थित पोखरा बसपार्कमा रहेको होटेल कंगारु होटेलको २०२ नम्बर कोठमा सञ्चारकर्मी शालिग्राम पुडासैनी मृत अवस्थामा फेला परेका थिए। होटलको कोठा रहेको पङ्खामा डोरी लगाइ मृत अवस्थामा प्रहरीले फेला पारको थियो।

नुवाकोटको बेलकोटगढी नगरपालिका ३ घर भएका २७ वर्षीय पुडासैनीको मृत्युलाई अहिले रहस्यमय रुपमा हेरिएको छ। आत्महत्या की हत्या ?  हो भन्ने विषय खुल्न सकेको छैन।

आत्महत्या भएको भए कसले र किन बाध्य पार्‍योरु यस्ता प्रश्नको जवाफ प्रहरीले मात्र होइन आम मानिसले खोजी रहेका छन्।

तर भिडियोमा पत्रकार पुडासैनीले भने रवि लामिछाने लगायत टिमले एक युवती लगाएर आफू आत्महत्या गर्न बाध्य भएको जानकारी दिएका छन्।