नेपाल एग्रो लघुवित्तले प्रस्ताव गर्यो लाभाश

0
Shares

नेपाल एग्रो लघुवित्तले गत आर्थिक वर्षको कमाईबाट आफ्ना शेयरधनीलार्य बोनश शेयर वितरण गर्ने भएको छ । कम्पनी संचालक समितिको बैठकले हाल कायम चुक्तापूँजीको १५ प्रतिशत नगद लाभांश र उक्त कर वापतको नगद  वितरण गर्ने भएको छ ।

कम्पनीका अनुसार हाल कायम चुक्तापूँजीको १५ प्रतिशतले हुन आउने ७४ लाख ६६ हजार ६७० रुपैयाँ बराबरको नगद तथा कर प्रयोजनका लागि ३ लाख ९३ हजार २४५ रुपैयाँ वितरण गर्ने प्रस्ताव गरेको छ ।

प्रस्तावित लाभांश केन्द्रिय बैंकको स्वीकृति पश्चात कम्पनीको साधारणसभाले पारित गरेपछि लगानीकर्ताले पाउनेछन् ।

नेपाल एग्रो लघुवित्तले गत आर्थिक वर्षमा १ करोड ५७ लाख रुपैयाँ खुद नाफा कमाएर प्रतिशेयर आम्दानी ३७ रुपैयाँ ८३ पैसा तथा प्रतिशेयर नेटवर्थ १३४ रुपैयाँ ८७ पैसा कायम गरेको छ ।

हाल कम्पनीले चुक्ता पूँजी ४ करोड ९७ लाख रुपैयाँ छ ।