ग्लोबल आइएमई लघुवित्तले ३५ प्रतिशत बोनस शेयर वितरण गर्ने

0
Shares

ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्षको कमाईबाट आफ्ना शेयरधनीलाई ३५ प्रतिशत बोनस शेयर दिने भएको छ । साथै लघुवित्तले बोनसमा लाग्ने कर तिर्न १.८४ प्रतिशत नगद वितरण गर्ने प्रस्ताव पनि गरेको छ ।

कम्पनीको शुक्रबार बसेको सञ्चालक समिति बैठकले ३ करोड ८६ लाख ६० हजार १२५ रुपैयाँ बराबरको बोनस शेयर र २० लाख ३४ हजार ७४३ रुपैयाँ नगद (कर तिर्न) वितरण गर्ने निर्णय गरेको हो ।

प्रस्तावित लाभांश राष्ट्र बैंक र कम्पनीको आगामी साधारण सभाबाट अनुमोदन भएपछि लगानीकर्तालाइ वितरण गरिनेछ। हाल यस लघुवित्तको चुक्ता पुँजी १८ करोड ७८ लाख ६३ हजार रुपैयाँ छ ।

ग्लोबल आइएमई लघुवित्तले गत आर्थिक वर्षमा ६ करोड ८० लाख रुपैयाँ खुद नाफा कमाएर प्रतिशेयर आम्दानी ६१ रुपैयाँ ६२ पैसा तथा प्रतिशेयर नेटवर्थ १७५ रुपैयाँ कायम गरेको छ ।