शेयर बजारमा लगातार गिरावट, नेप्से सूचक १२१४ अंकमा झर्यो

0
Shares

शेयर बजार लगातार घट्दो क्रममा देखिएको छ। गत साता घट्दो क्रममा रहेको बजारले यो साताको पहिलो दिन आइतबार नौ अंक बढीले ओरालो लागेको छ ।

आइतबार शेयर मापक सूचक ९.२० अंकले घटेर १२१४.८४ अंकमा झरेको छ भने कारोबार रकम करिब ३३ करोड रुपैयाँमा खुम्चिएको छ।

आइतबारको बजारमा १६० कम्पनीका शेयर ११ लाख कित्ता शेयर किनबेच भएको छ। नेप्समा कारोबार भएका मध्ये उत्पादनमूलक बाहेक बाँकी सबै समूहका सूचक तल झरेका छन् । जीवन बिमा समूह ८७.४२ अंकले घटेको छ । वाणिज्य बैंक समूह ४.२५ अंकले घटेको छ ।

ग्लोबल आइएमइ लघुबित्त वित्तीय संस्थाका शेयर मूल्य सबैभन्दा बढी करिब १० प्रतिशतले बढेको छ । भने गुराँस लघुबित्त वित्तीय संस्थाका शेयर मूल्य सबैभन्दा धेरै करिब पाँच प्रतिशतले ओरालो लागेको छ ।

एनआइसी एसिया बैंकको सबैभन्दा बढी  २ करोड ४५ लाख रुपैयाँभन्दा बढीको कारोबार भयो ।