मुक्तिनाथ विकास बैंकको ६१ करोडको हकप्रद भदौ १२ गतेदेखि बिक्रीमा आउने

0
Shares

मुक्तिनाथ विकास बैंकको भदौ १२ गतेदेखि हकप्रद शेयरको बिक्री गर्ने खुला गर्ने भएको छ । बैंकले चुक्ता पूँजीको २० प्रतिशत बराबरको हकप्रद शेयर बिक्री गर्दैछ।

बैंकले चुक्ता पूँजीको २० प्रतिशतले हुन आउने ६१ करोड २९ लाख ५२ हजार २५ रुपैयाँ बराबरको ६१ लाख २९ हजार ५२० कित्ता हकप्रद सेयर बिक्री गर्न लागेको हो ।

बैंकले हकप्रद बिक्री प्रयोजनका लािग २०७६ साउन ३१ गते शुक्रबार बुक क्लोज तोकेको हो। यसअनुसार साउन ३० गते बिहीबारसम्म कायम शेयरधनीले मात्र हकप्रद पाउनेछन्।

बैंकले हकप्रद सेयर निष्कासन बन्द हुने मिति छिटोमा असोज १५ गते तोकेको छ । जसअनुसार सेयरधनीहरुले असोज १५ गते कार्यालय समयभित्र हकप्रद सेयरका लागि आवेदन दिन सक्नेछन् ।

हकप्रद सेयर निष्कासनको प्रबन्धकमा भिवोर क्यापिटल तोकिएको छ।

हाल यसको चुक्ता पुँजी ३ अर्ब ६ करोड ४७ लाख ६० हजार रुपैयाँ छ । २० प्रतिशत हकप्रद जारी गरेपछि पूँजी ३ अर्ब ६७ करोड ७७ लाख १२ हजार रुपैयाँ पुग्नेछ ।

इक्रा नेपालले यस हकप्रदलाई औसत आधार जनाउने ’ग्रेड ३’ रेटिङ दिएको छ।