नागबेली लघुवित्तले प्रस्ताव गर्यो २६ प्रतिशत बोनस लाभांश

0
Shares

नागबेली लघुवित्त वित्तीय संस्थाले २६ प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव गरेको छ । साथै बोनसमा लाग्ने कर प्रयोजनका लागि १.३६८ प्रतिशत नगद लाभांश पनि दिने निर्णय गरेको छ ।

नागबेलीको आइतबार बसेको सञ्चालक समिति बैठकले ४ करोड ३५ लाख ९६ हजार ६७० रुपैयाँको बोनस र कर तिर्न २२ लाख ९४ हजार ५६१ रुपैयाँ वितरण गर्नेछ ।

राष्ट्र बैंकको स्वकृति पश्चात कम्पनकिो आगामी साधारण सभाबाट अनुमोदन भएपछि लगानीकर्तालाई वितरण प्रक्रिया अघि बढाइनेछ ।

हाल लघुवित्तको चुक्ता पुँजी १६ करोड ७६ लाख ७९ हजार ५०० रुपैयाँ रहेको छ । बोनसपछि चुक्ता पुँजी २१ करोड १२ लाख ७६ हजार १७० पुग्नेछ।

कम्पनीले गत आर्थिक वर्षमा ३ करोड ५५ लाख २८ हजार रुपैयाँ खुद नाफा कमाएर प्रतिशेयर आम्दानी २१ रुपैयाँ १९ पैसा तथा प्रतिशेयर नेटवर्थ १७२ रुपैयाँ कायम गरेको छ ।